ताजा समाचार

सन्दीपको मुद्धाको सुनुवाइ न्यायाधिश फुयालको एकल इजलासमा

काठमाडौँ । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै दर्ता भएको निवेदनमा आज सुनुवाई हुने भएको छ ।

यो निवेदनको पेशी आजको सर्वोच्च अदालतका न्यायाधिश हरि प्रसाद फुयालको एकल इजलासमा तोकिएको छ ।

महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा पाटन उच्च अदालतको धरौटीमा छोड्ने आदेशको विरुद्ध मंगलबार दिइएको निवेदनको पेशी शुक्रबार तोकिएको हो ।

उच्च अदालत पाटनले सन्दीपलाई २० लाख रुपैयाँ धरौटी लिएर शर्तसहित छोडने आदेश दिएपछि पुस २९ गते रिहा भएका थिए ।

यसैबीच नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई यस अघि गरेको निलम्बन फुकुवा गर्दै राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *