ताजा समाचार

२१ लाख अवैध भारतीय रुपैयाँसहित तीन युवक पक्राउ

कपिलवस्तु । २१ लाख अवैध भारतीय रुपैयाँसहित तीन युवक कपिलवस्तुको तौलिहवामा पक्राउ परेका छन् । गए राति ९ बजेतिर भारतीय नम्बर प्लेटको कारमा विशेष सुराकीको आधारमा तौलिहवाको जमुहार पुल नजिकैबाट सो रकमसहित उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा २ नेपाली र एक भारतीय रहेका छन् ।

पक्राउ पर्नेहरूमा शुद्धोदन गाउँपालिका ६ बिमिहाका २६ वर्षीय राकेश कुमार बर्मा ३५ वर्षीय राजेश कुमार बर्मा, गाडी चालक भारतको सिद्धार्थनगर थाना तेतरी बजार ग्राम अनुप नगर नौगढ भई हाल कपिलवस्तुको मायादेबी गाउँपालिका १ ईमिलियाका २८ वर्षीय हमिद मुसलमान रहेको प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले बताए ।


भैरहवाबाट तौलिहवा आउने क्रममा युपी ५५ एएम ०४५९ हुन्डाई भेन्यु गाडीमा चालक र त्यसैसंग रहेको अघिको २ सिट मुनीबाट कुल २१ लाख ७ हजार १ सय रुपैयाँ बरामद भएको थियो । सिट मुनी ३ ठाउमा फल्स बटम बनाई सो रकम लुकाइएको अवस्थामा बरामद भएको थियो । ५ सय भारुको नोट ४ हजर थान, राकेश कुमार बर्माका साथबाट ५ सयका २ सय ७ वटा भारु नोट र एक सय भारुको नोट ३६ वटा बरामद गरिएको थियो ।


स्रोत अनुसार उनीहरुले भारतमा सुन बेचेर तौलिहवा तर्फ आईरहेका थिए । धेरै दिनदेखि यही कारोवारमा लागेका उनीहरु बारे प्रहरीले सुराकी पाएको थियो । पक्राउ परेका राकेश कुमार बर्मा तौलिहवा स्थित मेरा मार्टका सञ्चालक समेत हुन् । पक्राउ परेकाहरूलाई बुटवलस्थित राजस्व अनुसन्धान विभागमा पठाउने तयारी गरिएको प्रहरी उपरिक्षक बस्नेतलले बताए । उनीहरूमाथि वैदेशिक मुद्रा अपचलनको मुद्दा लाग्ने प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *