फिचर

दक्षिणासहित साधुसन्तको बिदाइ (फोटो फिचर)

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीमा सहभागी हुन आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरेको छ । 

सोमबार कोषले भारतसहित विभिन्न देशबाट आएका चार हजारभन्दा बढी साधुसन्तको बिदाइ गरेको हो ।

वरीयताका आधारमा दक्षिणा र रुद्राक्षको माला दिएर साधुसन्तको बिदाइ गरिएको छ । साधुसन्तको वरीयताको आधारमा ५०० देखि आठ हजार रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरिएको कोषले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *