
काठमाडौं।राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरेर आठ दलीय गठबन्धनको अभिमुखीकरण सुरू भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूको उपस्थितिमा अभिमुखीकरण भएको हो

। काठमाडौंको तीनकुनेस्थित एक होटलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर लगायतको उपस्थिति छ ।
राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने सन्दर्भमा नेताहरूले धारणा राखिराखेका छन् । राष्ट्रपति चुनाव आगामी फागुन २५ गते हुँदैछ ।

राष्ट्रपतिमा आठ दलीय गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता पौडेल र नेकपा एमालेबाट पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले उम्मेदवारी दिएका छन्।
आठ दलीय गठबन्धनमा नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,लोकतान्त्रिक समाजवादी पार्टी,जनता समाजवादी पार्टी,नागरिक उन्मुक्त पार्टी,नेपाल जनमत पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।









