
काठमाडौं। शनिबार नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो स्थापना दिवसको अवसरमा २५ औं वार्षिकोत्सव एवं रजत जयन्ती मनाएको छ। स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा काठमाडौंमा आयोजित वार्षिकोत्सव समारोहमा बोल्दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्रविधि विकासको हरेक क्षेत्रमा काम भइरहेको बताएका छन्।
प्राधिकरणको वार्षिकोत्सव समारोहमा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दुरसञ्चार सेवालाई गुणस्तरीय, भरपर्दाे र सर्वसुलभ बनाउनु अहिलेको प्रमुख आवश्यकता रहेको बताएकी छिन् । उनले यसका लागि नीतिदेखि आवश्यक सबै क्षेत्रमा सुधार आवश्यक रहेको बताएकी छिन् ।
यस्तै सञ्चार मन्त्रालयका सहसचिव नेत्र प्रसाद सुवेदीले कानुनमा परिपालनाको बिषयमा चुकेका छौं कि भन्ने बिषय र संस्थागत सुशासनको विषयमा ध्यान दिन आवश्यक रहेको बताएका छन् ।





















