धर्म/सस्कृति

आज मिथिलाञ्चल क्षेत्रमा होली पर्व मनाइँदै

काठमाडौं । जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज होली पर्व मनाइँदै छ । पन्ध्र दिने मिथिला मध्यमा परिक्रमा समापनको भोलि पल्ट मिथिलाञ्चल क्षेत्रमा रंगहरुको पर्व होली मनाउने परम्परा रहेको छ ।

मंगलबार परिक्रमा सम्पन्न भएपछि आज मिठामिठा परिकार बनाएर खाँदै एकअर्कालाई रंग दलेर हर्सोल्लासपूर्वक होली मनाइँदै छ ।

यसअघि फागुन पूर्णिमाको दिन सोमबार पहाडी जिल्लामा र एकदिन पछि मंगलबार तराई मधेशका जिल्लाहरुमा होली पर्व मनाइएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *