देश

लिटरमा ११ रुपैयाँ बढ्यो डीडीसीको दूध

काठमाडौं । सरकारी स्वमित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य लिटरमा ११ रुपैयाँले वृद्धि गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिपछि बिहीबारदेखि लागू हुने गरी संस्थानले दूधको उपभोक्ता लिटरमा ११ रुपैयाँले बृद्धि गरेको हो।

संस्थानका महाप्रबन्धक सञ्जिव झाका अनुसार बढेको दूधको मूल्य बिहीबारदेखि लागू हुने भएको छ । अब डीडीसीको दूधको मुल्य प्रतिलिटर ८६ रुपैयाँबाट बढाएर ९७ रुपैयाँ पुगेको छ। सरकारले यसअघि वृद्धि गरेको दूधको किसान मूल्य पनि आज बुधबारदेखि नै लागू गर्ने निर्णय गरिएको छ।

महाप्रवन्धक झाका अनुसार दही, पनिर लगायतका दुग्ध पदार्थको मूल्य भने केही दिनमा तय गरिने छ। गत फागुन १९ गते सरकारले किसानले पाउने दूधको मूल्य बढाउने निर्णय गरेको थियो। ३ प्रतिशत फ्याट ८ एसएनएफयुक्त दूधको किसान मूल्य ५६ रुपैयाँबाट बढाएर सरकारले ६५ रुपैयाँ पु¥याएको थियो । त्यसको एक सातापछि २५ फागुनमा निजी क्षेत्रका डेरी उद्योगहरुले दूध तथा दुग्ध पदार्थको मूल्य वृद्धि गरेका थिए।

निजी डेरीहरुले दूधको मूल्य लिटरमा १४ रुपैयाँले बढाएका थिए भने दुग्धजन्य पदार्थको मूल्य लिटरमा २ सय रुपैयाँसम्मले बढेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *