
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको आधिकारिक ट्वीटर अकाउन्ट पुन: सुचारू भएको छ ।
बुधबार बेलुकीदेखि प्रधानमन्त्री कार्यालयको ट्वीटर ह्याण्डलबाट असान्दर्भिक रि-ट्वीट भइरहेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले अनधिकृत प्रवेश भएको घटनाबारे छानबिन जारी रहेको र यसबारे सत्यतथ्य छिट्टै सार्वजनिक गरिनेजानकारी दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको ट्वीटर अकाउन्ट @PM_Nepal_ अहिले पुन: सुचारू भएको जानकारी दिएको छ ।
