ताजा समाचार

‘ए’ डिभिजन लिगमा आज दुई खेल

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा शुक्रबार दुई खेलहरु हुँदैछन् ।

च्यासल मैदानमा चर्च ब्वाइज युनाईटेड र मछिन्द्र फुटबल क्लबबीच दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुनेछ ।

चर्च ब्वाइज चौंथो जितको खोजीमा हुनेछ भने मछिन्द्र भने दोस्रो जितको खोजीमा हुनेछ ।

यस्तै, एन्फा कम्प्लेक्समा थ्री स्टार क्लब र जावलाखेल युथ क्लबबीच पनि दिउँसो साढे २ बजे नै प्रतिस्पर्धा हुनेछ । दुवै टिम तेस्रो जित निकाल्ने योजनामा रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *