खेलकुद

प्रत्येक खेलाडीलाई तीन लाख दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेका छन् । नेपाललाई विश्वकप क्रिकेट छनोटमा लैजान सफल नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूलाई शुक्रबार बालुवाटार बोलाएर प्रचण्डले सम्मानस्वरुप जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेका हुन्।

यस क्रममा उनले देशमा निर्माणाधीन रंगशाला पनि पूरा गर्ने बताए। प्रधानमन्त्रीको निम्तोमा विश्वकप छनोटमा पुगेका नेपाली टिमका सदस्य, प्रशिक्षक र अफिसियलहरू शुक्रबार बिहान प्रधानमन्त्री निवास पुगेका थिए।बिहीबार यूएईलाई नौ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो।

युएईसँग विश्वकप क्रिकेट लिग २ को बिहीबारको खेल सुरु हुनुअघि प्रधानमन्त्री प्रचण्ड कीर्तिपुरस्थित त्रिवि मैदानमै पुगेर नेपाली खेलाडीको हौसला बढाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *