समाचार

‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गरिने

काठमाडौं । सरकारले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने निर्णय भएको जानकारी दिएका छन् । हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धानमा यस्ले मद्दत पु¥याउनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने निर्णय भएको छ। हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धानमा यस्ले मद्दत पुर्याउनेमा म विश्वस्त छु,’ किराँतीले शुक्रबार बिहान ट्विट गरेका छन् ।

पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययनका लागि डा.जगमान गुरुङको नेतृत्वमा पाँच सदस्य समिति गठन गरेको छ । समितिको सदस्यमा प्रा.डा. रामचन्द्र गौतम, प्रा. चेतनाथ गौतम, कमल ढकाल र सदस्य सचिवमा डा.घनश्याम खतिवडा छन्।

हिन्दु विश्वविद्यालय स्थापनाका लागि चाहिने सवै काम २०८१ मंसिरभित्र पूरा गर्ने गरी कोषले काम थालेको छ । कोषले बिहीबार विश्वविद्यालय निर्माणका लागि सम्भाव्यतासहित अवधारणा पत्र तयारी समिति गठन गरेको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *