
काठमाडौं । हिट चलचित्र ‘पशुपतिप्रसाद’ को भाग दुई बन्ने भएको छ । शुक्रबार बिहान पशुपति परिसरमा चलचित्र ‘पशुपतिप्रसाद २’ : स्पिन अफ भष्मे डन’ को शुभमुर्हूत सम्पन्न भएको छ ।
चलचित्रको छायांकन चैत १० गतेदेखि सुरु हुने निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए । एक महिनासम्म पशुपति सेरोफेरोमै फिल्म छायांकन गर्ने तयारी छ । मुहूर्तमा निर्देशक खनाल, लेखक तथा निर्माता खगेन्द्र लामिछाने, कलाकारहरु विपिन कार्की, स्वस्तिमा खड्का, वर्षा सिवाकोटी उपस्थित थिए ।
०७३ मा रिलिज भएको ‘पशुपतिप्रसाद’को दोस्रो शृंखला बताइएको यो स्पिन अफको शीर्ष भूमिकामा विपिन छन् । ‘पशुपतिप्रसाद’मा उनले भष्मे डनकै भूमिका निर्वाह गरेका थिए । चलचित्रको निर्माण शैलजा पाण्डे र खगेन्द्र लामिछानेले गरेका हुन् ।