
काठमाडौं । बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप क्वालिफायर पु¥याउने नेपाली क्रिकेट टोलीका प्रत्येक सदस्यलाई एक एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।
क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई प्रोत्साहनस्वरुप उक्त रकम पुरस्कार दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिएका छन् ।
आइसिसी विश्वक लिग २ अन्तर्गत आफ्नो अन्तिम खेलमा बिहीबार युएईलाई नौ रनले पराजित गर्दै नेपाल विश्वकप क्वालिफायरमा पुगेको छ ।
शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रत्येक खेलाडीलाई तीन तीन लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।