राजनीति

उपराष्ट्रपति निर्वाचन: दुई बजेसम्ममा प्रदेशतर्फ ५१० र संघतर्फ २९१ मत खस्यो

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनमा उपराष्ट्रपति चयनका लागि मतदान जारी छ । शुक्रबार बिहान १० बजेदेखि मतदान सुरु भएको हो । जारी मतदानाम २ बजेसम्म प्रदेशतर्फ ५१० र संघतर्फ २९१ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिएका छन् ।

मतदानको समय अपराह्न ३ बजेसम्म तोकिएको छ । संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ । निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेशसभाका ५५० सांसद मतदाता छन् ।

मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र आजै साँझ ६ बजेसम्म मतपरिणाम सार्वजनिक गरिने उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपतिका लागि जसपाबाट रामसहाय यादव र प्रमिला कुमारी यादव उम्मेदवार रहेका छन् । यस्तै, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झाको उम्मेदवारी परेको थियो । रामसहाय यादव गठबन्धनका साझा उम्मेदवार हुन् । प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *