
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेका छन् ।
आइसिसी विश्वकप क्वालिफायरमा छनौट भएको नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यलाई शुक्रबार शितलनिवासमा राष्ट्रपति पौडेलले बधाई दिदै सम्मान गरेका हुन् ।

उनले नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरवलाई बढाएको बताउदै नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधार बढाउनुपर्ने बताएका थिए ।
सो अवसरमा राष्ट्रिय क्रिकेट टिमका सदस्यसहित क्यानका अध्यक्ष चतुर बहादुर चन्द पनि उपस्थित रहेका थिए ।
