
काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चर्च ब्वाइज युनाइटेड र मछिन्द्र क्लब बराबरीमा रोकिएका छन् ।
शुक्रबार च्यासल मैदानमा सम्पन्न खेलमा चर्च ब्वाइज र मछिन्द्र क्लब गोलरहित बराबरीमा रोकिएपछि एक एक अंक बाँडेका छन् ।
यो खेलपछि चर्च ब्वाइजको ५ खेलमा ३ जित र २ बराबरीसहित ११ अंक भएको छ भने मछिन्द्र क्लबको ५ खेलमा एक जित २ बराबरी र २ हारसहित ५ अंक भएको छ ।