
काठमाडौँ । भारतविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा अस्ट्रेलिया १८८ रनमा अलआउट भएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलिया ३५.४ ओभरमा १८८ रन बनाउदा अल आउट भएको थियो ।
अस्ट्रेलियाका लागि मिचेल मार्शले सर्बाधिक ८१ रन बनाए भनेजोश इन्ग्लिसले २६, कप्तान स्टिभन स्मिथले २२, मार्नस लाबुस्चागनेले १५, क्यामरुन ग्रीनले १२ रन्को योगदान दिएका थिए ।
त्यसैगरी भारतीय बलर मोहमद सामी र मोहमद सिराजले ३-३ विकेट लिए भने रविन्द्र जडेजाले २ तथा कप्तान हार्दिक पाण्डेय र कुलदीप यादवले एक एक विकेट लिए ।
अब १८९ रनको लक्ष्य पाएको भारतले केहीबेरमा जवाफी ब्याटिंग गर्दै छ ।