
काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत जावलाखेल युथ क्लबले थ्री स्टार क्लबलाई पराजित गरेको छ ।
एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा जावलाखेलले थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
जावलाखेलको जितमा एन्कोटो मासोबीले खेलको १६औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
जारी लिगमा जावलाखेलको यो तेस्रो जित हो भने थ्री स्टार क्लबको यो दोस्रो हार हो ।
यो जितसँगै जावलाखेलले ५ खेलमा १० अंक जोडेको छ भने थ्री स्टारको ५ खेलमा ७ अंक रहेको छ ।