खेलकुद

’ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं। शहीद स्मारक ’ए’ डिभिजन लिगमा शनिबार पाँचौं चरणका अन्तिम तीन खेल हुँदैछन् ।

च्यासल खेल मैदानमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुनेछ ।

यस्तै, दशरथ रंगशालामा सोही समयमा नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ भने रंगशालामा साँझ साढे ५ बजे हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लबबीच भिडनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *