खेलकुद

पुलिसले पहिलो अंक जोड्यो

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लबले जारी सिजनमा पहिलो अंक हासिल गरेको छ ।

शनिबार दशरथ रंगशालामा न्युरोड टिम (एनआरटी) सँग १-१ गोलको बराबरी खेल्दै पुलिसले पहिलो अंक जोडेको हो ।

यस अघि चार खेलमा लगातार हार बेहोरेको पुलिसले एनआरटीविरुद्ध १-० गोलले पछि परेको अवस्थामा खेलमा पुनरागमन गर्दै बराबरी गरेको थियो ।

खेलको ६४औं मिनेटमा दोस्रो हाफमा मैदान छिरेका सन्जिब विष्टले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ७५औं मिनेटमा प्रताप गुरुङले गोल गर्दै पुलिसलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । उनले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका हुन् ।

पहिलो अंक जोडेसँगै पुलिसले ५ खेलमा १ अंक छ र अंक तालिकाको पुछारमा रहेको छ । त्यस्तै एनआरटी ५ खेलमा २ अंक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *