
काठमाडौं। त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भोलि (चैत्र) ५ गते हुँदैछ ।स्ववियुलाई लिएर देशनै निर्वाचनमय भएको बेलामा नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले निर्वाचन हुन नदिन विभिन्न अराजक गतिविधि गरिरहेको छ ।

नेपालकै सबैभन्दा पुरानो र प्रतिष्ठित त्रिचन्द्र क्याम्पस हाताबाट स्ववियु निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृतलाई अनेरास्ववियु समर्थकहरुबाट धरपकड भएको छ । उनीहरुले नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपालविद्यार्थी संघका नेतातथा समर्थकहरुलाई धरपकड गरेको बताइएको छ ।
साथै, विद्यार्थीहरुलाई धम्कीपूर्ण फोन गर्ने, निर्वाचनमाआफूहरुलाई मत दिनदवाब दिनेजस्ताकार्य अनेरास्ववियुका नेताहरुबाट भएको विद्याथीहरुको गुनासो छ । अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समीक बडाल आफू स्वयं अध्यनरत त्रिचन्द्र क्याम्पसमा उनले ताण्डव नृत्य देखाइरहेको नेविसंघका नेताहरु बताउँछन् ।

‘नेपालको सबैभन्दा पुरानो र प्रतिष्ठित त्रिचन्द्र क्याम्पस हाताबाट स्ववियु निर्वाचनका लागि खटिएको निर्वाचन अधिकृतलाई अनेरास्ववियु समर्थक गुण्डाहरुबाट धरपकट गर्ने खाल्को अमर्यादित, अराजककामहरु भइरहेका छन् । शान्ति सुरक्षाकालागि खटिएको सुरक्षाकर्मीबाटै नेविसंघका विद्यार्थी नेताहरु घाइते बनाइएको छ,’– नेविसंघका एक नेताले भने ।
सुरक्षाकर्मीको धरपकडबाट सुन्दर बडाल, यसमान विष्ट, अर्जुन पौडेल, केशर जंग बम, महेश खनाल, विनोद देउवा, रोहितचौधरी, हिमान्शु ताम्राकार, सुरेन्द्र विश्वकर्मा, सुवास खड्का, गौरव पाण्डे, एन.पि.जोशी, निराजन सुवेदी, रन्जनयादव, दिपेन्द्र जोशी, धर्मराजखनाल, हिमान्सु परियार, साजन योन्जन, मधुसुदनउपाध्याय, प्रज्वल खड्का, गोविन्दकोइराला, हेमन्त नेपाल, सौगात टमटा, पदमअधिकारी, दुष्यन्तगौतम, अनिता सापकोटा, विवेक वानिँया, सृष्टि सुवेदी, अश्विन अधिकारीलगायत विद्यार्थी नेताहरु घाइते भएको उनले बताए ।

नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै अपराधीक घटनामा संलग्न व्यक्तिमाथि छानबिन गरि यथाशीघ्र कानुनी कारबाहीको माग गरेका छन् । नेविसंघले भोलिहुने स्ववियु निर्वाचनमा अमर्यादित क्रियाकलाप नहोस् र मतदानगर्न आउने विद्यार्थीमा सुरक्षाको प्रत्याभूतिको मागगर्दै गृह मन्त्रालयको ध्यानाकाषर्ण गराएको छ ।

प्रचार प्रसार समितिका संयोजक डा सन्तोष उपाध्यय ले निर्वचान विद्यार्थी को ब्यक्तित्व बिकास तथा क्याम्पस को सुधार का लागी अति आवश्यक रहेको र ने बि संघ सधै झै निर्वाचन को पक्ष मा रहेको जानकारी गराउनु भयो । नेपाल विद्यार्थी संघ ले देश भरी नै भयरहित बातावरण मा सान्तिपुर्ण तरिका ले निर्वाचन मा सहभागी हुन सम्पूर्ण विद्यार्थी तथा विद्यार्थी संगठन हरु लाई अपिल गरेको छ ।
