
काठमाडौं । सत्ता साझेदार १० दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा १० दलीय गठबन्धनको बैठक सुरू भएको हो ।
बैठकमा मन्त्रिपरिषद विस्तार, प्रधानमन्त्रीले सोमबार लिने विश्ववासको मत, टीआरसी विधेयकलगायत एजेण्डा छलफल गरिने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै विश्वासको मत लिने प्रचण्डको तयारी छ।