समय बदलिदो छ । समाजका अन्य विषयबस्तु जस्तै मिडिया जगत पनि विभिन्न कालखण्ड पार गर्दै २१ औं शताब्दिसम्म आईपुगेको छ । आमसञ्चारको दुनियाँमा मिडियाका परिवर्तित स्वरुप र नयाँ अभ्यास देखा पर्ने क्रम जारी छ । अनलाईन मिडियाहरुको भिडमा पाठक वर्गको विश्वास जितेर स्थापित हुने कार्य त्यति सहज छैन । प्रतिस्पर्धाको दुनियाँमा हामी फरक समाचार सामाग्री आम पाठकलाई पस्कने उद्देश्यका साथ अनलाईन समाचारलाई अडियो र भिडियोमा समेत प्रस्तुत गर्ने जर्मर्को गर्ने छौं ।
आमसञ्चारको क्षेत्रमा हाम्रो उपस्थिति बलियो बनाउने संकल्प लिएर संकल्प खवर (sankalpakhabar.com) पाठकसामु पस्केका छौं ।
पत्रकारीताका आधारभूत मूल्य मान्यतालाई सदैव शीरोधार्य गर्ने र पत्रकारिताका नयाँ अभ्यासलाई समेत आत्मसाथ गरेर अघि बढ्ने प्रण लिएका छौं ।
सत्यताको कसीमा बसेर राष्ट्र र समाज रुपान्तरणका लागि खोजी, जवाफदेही, विश्वसनीय समाचार पस्किने हाम्रो अभियान हरदम जारी रहने छ । हामी राष्ट्रियताको पहरेदार बन्ने छौं । सम्पूर्ण नेपालीको आवज बोल्ने छौं । पूर्वाग्रहरहित,सत्य, तथ्य समाचार संप्रेशणमा सम्पूर्ण ध्यान केन्द्रीत गर्ने छौं । पत्रकारिता क्षेत्रमा ‘टिकाउ होइन विकाउ’ प्रबृृत्ति हाबी भइरहेको गुनासाहरु बढिरहेको बेला विकाउ होइन टिकाउ पत्रकारिता अनलाइनमार्फत निरन्तर पाठकसामु पस्किरहने छौं ।
हामी संविधानवादका मूल्य मान्यताका पक्षमा सदैव उभिने छौं । राज्य र सरकारको स्वेच्छाचारिता र निरंकुशताको विपक्षमा उभिनु हाम्रो धर्म हुनेछ । समाज विकासका क्रममा देखिएका विकृतिको पाटो मात्रै केलाउँदैनौ, विकासको बाधक भनिएको र लोकतन्त्रलाई नै विकृत तुल्याउने भ्रष्ट्राचारको पनि चिरफार गर्न पछि पर्दैनौं । समाजमा व्याप्त विकृति,विसंगतिका विरुद्ध खवरदारी गरिरहने छौ । राष्ट्रियता,लोकतन्त्र र मानवअधिकारका पक्षमा उभिने छौं ।
हाम्रो प्रयास सदैव सत्य घटनाको यथार्थ विश्लेषण सञ्चारित गर्नु हुनेछ । यसर्थ संकल्प खवर मुख्य रोजाईको पठनीय शब्दभण्डार बन्ने विश्वास हामीले लिएका छौं । हाम्रो यात्रामा सबैको साथ सहयोग, पाठकहरुको रचनात्मक सुझाव अविरल रुपमा प्राप्त हुने विश्वास समेत लिएका छौं ।