देश

सार्वजनिक बसमा अपराधिक क्रियाकलाप न्यूनीकरणका लागि सिसिटिभी आवश्यक

काठमाडौं । विगतको तुलनमा वर्तमान समयमा सार्वजनिक बसमा अपराधिक क्रियाकलापहरु बढ्दै गएका छन् । सार्वजनिक बसमा यात्रा गर्ने यात्रुहरू हतारमा हुन्छन्, हतारमा यात्रा गर्ने क्रममा आफ्ना सामानहरू साधारण तरिकाले उनीहरूले राखेका हुन्छन् । यात्रुहरूलाई सार्वजनिक बस विश्वासको सवारी साधन लागेर नै उनीहरूले आफ्ना  सामानहरू साधारण तरिकाले हराउँदैन भन्ने विश्वासले राखेका हुन्छन् । तर दिनप्रति दिन सार्वजनि सवारीमा यात्रा गर्ने क्रममा यात्रुका सामानहरु हराइरहेका हुन्छन् । अहिले सार्वजनिक बसमा विभिन्न आपराधिक क्रियाकलाप हुने गरेका समाचारहरु धेरै नै सामाजिक संजालमा आउने गरेका छन् ।  

सार्वजनिक बस सबैका लागि विश्वसनीयता र सरलताको साधन हो । एउटै बसमा विभिन्न फरक–फरक विचार गरेका मानिसहरूले यात्रा गरिरहेका हुन्छन् । सार्वजनिक बसमा यात्रा गर्ने असल मानिसहरूले यात्राका क्रममा बसमा छुटेका सामानहरू प्रहरीलाई जिम्मा लगाइदिने र सम्भव भएसम्म कल गरेर दिने गर्छन् । तर अर्का थरिका  मानिसहरूले बसमा छुटेका सामानहरू आफ्नो हातमा पार्ने गर्छन् । 

बसमा छुटेका सामानहरू साधारण देखी महत्त्वपूर्ण हुन्छन् । बसमा छुटेका सामानहरू हराएमा कतिपय यात्रुहरूको भविष्य अन्धकारिर धकेलिन्छ । त्यतीमात्र होइन सार्वजनिक बसमा विभिन्न खराब नियतले पनि मानिसहरूले यात्रा गरिरहेका हुन्छन् । खराब नियत गरेका मानिसहरूले यात्रुको साथमा भएको फोन, अन्य सामाग्रीहरू चोर्ने गरेका हुन्छन् । त्यतिमा होइन, खराब सोच गरेका केही मानिसहरूले महिलामाथि दुर्व्यवहार समेत गर्ने गरेका गुनासाहरूले सार्वजनिक भइरहेका हुन्छन् । यस्ता हरेक किसिमका गतिविधि नियन्त्रणका लागि अब सार्वजनिक सवारी साधनमा सिसिटिभी जडान गर्न आवश्यक छ । 

सिसिटिभी क्यामरा अपराध नियन्त्रण गर्ने तेस्रो प्रहरी जस्तै हो । हरेक किसिमका घटनाहरू नियन्त्रणका लागि क्यामराले महत्पूर्ण भूमिका खेलेको हुन्छ । जसले प्रहरीलाई आपराधिक घटनाका बारेमा अनुसन्धान गर्न सहज बनाउनुका साथै हरेक किसिमका गैर कानुनी र आपराधिक क्रियाकलापमा नियन्त्रकमा समेत सहयोग गर्छ । 

अहिले गाउँ देखी सहर सम्म ,छोटो तथा लामो दुरी पार गर्ने सवारी साधनमा सिसिटिभी क्यामरा जडान गरिएका छैनन् ।  त्यस कारण सवारी साधनमा क्यामरा जडान गर्न सम्बन्धित निकायले ढिला गर्नु हुँदैन । यो अनिवार्य भइसकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका निकायले यो बहसमाथि तत्कालै छलफल छलफल गरेर छुट्टै कानुन बनाएर कार्यान्वयन गर्दा सवारी साधनमा यात्रा गर्दा हुने विभिन्न किसिमका आपराधिक क्रियाकलाप न्यूनीकरणमा ठुलो सहयोग पुग्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *