मुख्य समाचार

सहकारी ठगीको आरोप लागेका व्यक्तिहरु नै सत्तामा, पीडित बचतकर्ताहरुले कहिले पाउलान् न्याय ?

काठमाडौं । वर्तमान सरकारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् । उनी नेतृत्वको सरकारमा तीन मन्त्रीलाई सहकारी ठगीको आरोप लागेको छ । गृहमन्त्री रवि लामिछाने, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र श्रममन्त्री डोलबहादुर अर्याल (डीपी) माथि सहकारीको रकम हिनामिना गरेको आरोप छ ।

मुलुकभरका ३५ हजारभन्दा बढी सहकारीमा करोडौं सर्वसाधारणको लगभग ३९ खर्ब रकम डुबेको छ । त्यसमा यी तीन मन्त्रीहरुको पनि नाम छ । बचतकर्ताको करोडौं रकम पचाएको उनीहरु माथि आरोप लाग्दै आएको छ । बिडम्बना प्रधानमन्त्री प्रचण्डले सहकारी ठगीमा जोडिएका आफ्नै सरकारमा भएका मन्त्रीहरुमाथि कारबाही थालेका छैनन् ।

अनि यस्तो व्यक्तिले सहकारीका सञ्चालक, अध्यक्षलाई पक्राउ गर्छ र पीडितहरुले न्याय पाउँछन् भनेर सर्वसाधारण कसरी विश्वास गर्ने ? बचतकर्ताहरुको सडकमा बाँस भएको छ । सहकारीमै पैसा राखेका कारण उनीहरुको घरपरिवारसँगको सम्बन्ध बिग्रिएको छ । कतिपय त घरबाटै निकालिएका छन् । आफ्नो सम्पत्ति त खाइदियो नै सहकारीले सँगै परिवार समेत गुमाउनुपप्यो ।

यता, सहकारी ठगीको आरोप लागेका मन्त्रीहरु भने झण्डावाला गाडी चढेर हिँिडरहेका छन् । अब सर्वसाधारण प्रधानमन्त्री प्रचण्डमाथि विश्वास गर्दैनन् न त केपी ओलीमाथि नै । यत्रो बचतकर्ताको करोडौं रकम खाएको आरोप लाग्दा वा प्रमाण नै हुदाँ समेत किन यी तीन मन्त्रीलाई बर्खास्त गरिएन । किन छानबिनका लागि समिति गठन गरिएन ?

उल्टै प्रधानमन्त्री प्रचण्ड र ओली उनीहरुको सपोर्टमा लागिपरेका छन् । सत्ता टिकाउन यीनीहरु जे पनि गर्छन् भन्ने कुरा अहिले सावित भइसकेको छ । सहकारीका सञ्चालक, अध्यक्षहरु बचतकर्ताको रकम खाएर भाग्दा समेत सरकारले कारबाही नगरेको भन्दै सर्वसाधारण आक्रोश पोख्छन् । हिजो सहकारी खोल्न सरकारले लाइसेन्स दिएको हो ।

तर, अहिले यत्रो करोडौं बचतकर्ताको खर्बो रकम सहकारीका सञ्चालक, अध्यक्षहरुले खाइदिँदा पनि सरकारले चासो नदिँदा सर्वसाधारणको सरकारबाट विश्वास उठेको छ । देशमा सरकार पनि छ र ? भन्ने जनमानसको मनमा उठिसकेको छ । सहकारीले बचतकर्ताको बिल्लीबाँठ बनाएको देखेर अहिले बैंकमा पैसा निकाल्नेको भीड छ ।

सहकारीझैं बैंक पनि कतै डुब्ने त होइन ? भन्ने डर सर्वसाधारणमा उत्पन्न भइसक्यो । सहकारी डुब्दा सरकारले चासो दिएन । बचतकर्ताहरुको लागि केही गरेन । त्यसैले, अहिले सर्वसाधारण आफैं चलाख भएका छन् । राष्ट्र बैंक र अर्थ मन्त्रालयले बैंक खोल्न स्वीकृति दिएको हो । सहकारीबाट यत्रो बचतकर्ता ठगिँदा समेत सहकारीमन्त्री बलराम अधिकारीले बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारी सञ्चालक, अध्यक्षलाई पक्राउ गर्न सीआईबीलाई पत्र लेखेनन् ।

न त अब सहकारीमा बचत नगर्नुस् भनेर सार्वजनिक सूचना नै निकाले, उनले । सहकारी विभागका महानिर्देशक पित्ताम्बर घिमिरेले पनि निक्षेप फिर्ता नगर्ने सहकारीलाई समस्याग्रस्त घोषणा गर्न टिप्पणी उठाएर मन्त्रालय पठाएनन् । पीडित बचतकर्ताहरु कहिले मन्त्रालय, कहिले विभाग त कहिले स्थानीय तह र प्रहरी चौकी । उनीहरु विभिन्न निकाय धाएको पनि दुई वर्ष भइसक्यो ।

सहकारी पीडित बचतकर्ताहरुले माइतीघर मण्डलामा ६२ दिन आन्दोलन गरे । आन्दोलनले भयावह रुप लिने भएपछि सरकारले सात बुँदे सहमति गर्यो । तर, सहमति कार्यान्वयन नभएपछि पीडित बचतकर्ताहरु फेरि सडकमा उत्रिए । महिनौं दिन संघर्ष गरे । अनशन गरे । र, सरकारले फेरि पनि आठ बुँदे सहमति गर्यो । यद्यपि, सहकारी बमोजिम केही कार्य भएको छैन ।

अहिलेसम्म बचतकर्ताको निक्षेप फिर्ता नगर्ने सहकारीका सञ्चालक, अध्यक्षलाई सरकारले समातेको छैन । उल्टै सहकारी ठगीमा जोडिएका व्यक्तिहरु सत्ताको रस चाखिरहेका छन् । घरैपिच्छे सहकारी पीडितहरु छन । सहकारीले नठगेको मान्छे नै भेटिदैन । सहकारीहरु ठग, चोर हुन् भनेर बुझे । तर, ढिलो बुझे । आफु डुबेपछि मात्र उनीहरुले यो कुरा थाहा पाए ।

सहकारीमा बचत गरेर डुबेका पीडितहरु अहिले आफ्ना आफन्त, साथीभाइहरुलाई भन्छन्, ‘ हामी त डुबिहाल्यौं । तपाईहरु चाँहि सतर्क हुनु ।’ कर्जा प्रवाहसँगै अहिले बैंकमा बचत गर्नेहरु पनि घट्दो छन् । बचतकर्ताहरु डिपोजिट गर्नुभन्दा निकालिरहेका छन् । सहकारी किन डुब्यो ? भनेर अहिले सर्वसाधारण र सरकारले नै थाहा पाएको छ । सम्पूर्ण कर्जा लगानी घरजग्गा, गाडी र सेयरमा गर्दा सहकारी भाग्नुप¥यो । अनि बैंकको पनि लगानी यीनै तीन क्षेत्रमा त छ ।

अहिले बैंकका बचतकर्ताहरुको निद्रा र भोक नै हराएको छ । अधिंकाश बचतकर्ताहरुले आफ्नो बचत निकाल्न थालिसके । ब्याजको प्रलोभनमा नपरी धमाधम बचतकर्ताहरु निक्षेप निकालिरहेका छन् । किनकि सहकारीले यत्रो बचतकर्ताको खर्बौ रकम डुबाइदिँदा त केही नगरेको सरकारले बैंक टाट पल्टिदा बचतकर्ताहरुलाई न्याय दिन्छ भनेर जनताले कसरी पत्याउने ? कसरी विश्वास गर्ने ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *