संसारमा भएका सबै कुरालाई सँधै बलियो बनाएर जीवित राख्न सन्तुलन आवश्यक पर्छ । संसारमा सबैभन्दा ठुलो भन्दा पनि महत्त्वपूर्ण कुरा सन्तुलन हो । पृथ्वी गृरुत्वआकृर्षण बलको सन्तुलनमा जीवित छ । यदि गुरुत्व बलले पृथ्वीलाई नियन्त्रणमा लिन सक्दैन थियो भने अहिले पृथ्वी घुमिरहेको हुन्थ्यो र मानबजाति पनि पृथ्वीको राउनडिङ गतिमा घुमिरहेको हुन्थ्यौँ । प्रकृतिको नियम बढो अच्चमको छ ।
विभिन्न ऋतुहरू सन्तुलित रूपमा परिवर्तन भइरहेका हुन्छन् । सोही ऋतुसँगै सम्पूर्ण जीवहरूको जीवन सन्तुलित बनेको छ । तर पछिल्लो समय मानवजातिले इमोसन कन्ट्रोल गर्न नसक्दा हरेक किसिमका घटनाहरू समाजमा दिनप्रतिदिन घटिरहेका छन् । जब मानिसले इमोसन नियन्त्रण गर्न सक्दैन र सही ठाउँमा परिचालन गर्न सक्दैन उही मानिस समस्यामा पर्छ । त्यसपछि सानो गल्तीले समुन्द्रमा डुब्छ । परिस्थितिसँग रमाउन सकेन भने समयले मानिसलाई नियन्त्रणमा लिन्छ ।
कुनै पनि सजीव प्राणीमा माया, प्रेम, क्रोध,चिन्ता नै हुन्छन् । यी सबै कुरालाई सन्तुलनमा राख्न पोजेटिभ इमोसनको आवश्यकता पर्छ । यदि कुनै पनि कुरामा एक काम गर्नुभन्दा पहिला एक पटक सोच्न सक्नु र सही र गलत छुटाएर इमोसन नियन्त्रणमा राख्न सक्नु ठुलो उपलब्धि हो । कुनै पनि सजीव प्राणीमा पोजेटिभ र नेगेटिभ इमोसन हुन्छ । समाजले विकासका विभिन्न चरण पार गर्दै गर्दा कुनै एक समय सभ्य समाज निर्माण भएको थियो । सभ्य व्यवहार, मानवता, सहयोगी भावना,मौलिक सञ्चारको विकास, विश्वसनीयता र शान्तिपूर्ण समाजको निर्माण भएको थियो ।
जुन बेला ऋषि मुनिसहरुले शिक्षा दिने गर्दथे । जब जब शताब्दी फेरिँदै गयो तब तब समाज जटिल मोडमा पुग्दै छ । समाजमा मोरल शिक्षा व्यवहारिक रूपमा कार्यान्वयन हुन सकेको छैन। जब समाज बिसौँ शताब्दी हुँदै २१ औँ शताब्दीमा प्रवेश ग¥यो । त्यसपछि पुँजीवादी समाजको विकास सुरु भयो । त्यसपछि समाजमा पुँजीवादी संसारमा अशान्ति,भ्रष्ट्राचार,लागूपदार्थ दुर्व्यसनी,युद्ध ,जातीय द्वन्द्व ,धार्मिक द्वन्द्व ,बलात्कार, यौन धन्दा ,चोरी डकैती र मानसहरूबिच विश्वासनीयताबीचमा दरार आएको छ ।
आखिर किन मानिसहरुले यस्ता क्रियाकलाप गरिरहेका छन् त ? पुँजीवादी समाजमा एक भन्दा अर्को धनी हुने र काम नगरी पैसा कमाउने उद्देश्यका साथ यस्ता गतिविधिहरू दिनप्रतिदिन बढीरहेका छन् । समाज कता तिर धकेलिरहेको छ ? समाज विकास र सुचनाप्रविधिको विकाससँगै हरेक कुरालाई सही माध्यमबाट सञ्चालन गर्न नसक्दा अन्धकारतिर धकेलिँदै छ । आजको समय शिक्षित समाज हो । विकासले गति लिएको समाज हो । तर समाजमा असल संस्कारको विकास र राज्यको नीतिभन्दा बाहिर राज्यलाई छल्न खोज्ने र समाजमा एकले अर्कोलाई फसाउन विभिन्न जालझेल सुरु भएपछि समाजमा जटिलताको अवस्था सिर्जना भएको हो ।
अहिले मानिसहरूले मानव मस्तिष्कलाई सही ठाउँमा परिचालन गर्न नसक्दा यस्तो अवस्था सिर्जना हुँदै गएको हो । समाजमा उत्पन्न भएका यस्ता कुसंस्कारको अन्त्य गर्न सरकारले सकेको छैन । राज्यले त्यो नीतिलाई अपनाए पनि राज्यले असल संस्कार नागरिकलाई वास्तविक व्यवहारमा सिकाउन नसक्नु ठुलो कमजोरी हो । राज्यले देशका सम्पूर्ण नागरिकहरूलाई असल संस्कार सिकाउन नसक्दा माथिल्लो तहमा कर्मचारीहरू भ्रष्ट्राचारमा मुछिएका छन् । राज्य नै मानव बेच्ने काममा संलग्न रहेको तथ्य फेला प¥यो ।
त्यति मात्र होइन इमोसन नियन्त्रण गर्न नसक्दा नेता कर्मचारीहरूले नै महिलामाथि बलात्कार गरेका घटनाहरू सार्वजनिक भइरहेका छन् । इमोसन कन्ट्रोलको अभावमा आफैँले आँफुमाथि पेट्रोल छर्केर आगो लगाइरहेका छन् । त्यति मात्र होइन परिवारको कुनै एक सदस्यले परिवारकै सदस्यलाई समेत आगो लगाउन थालेका छन् ।
इमोसन नियन्त्रण गर्न नसक्दा कति मानिसहरुले आत्मा हत्या गरेर अकालमा एक पटक पाएको जीवन गुमाइरहेका छन् भने जन्म दिने बाबुआमालाई नै कतिपयले मारिरहेका छन् । समाज कतातिर धकेलिँदै छ । समाज जति शिक्षित हुँदै गयो ,त्यति समाजमा यस्ता खालका घटनाहरू घटिरहेका छन् । त्यसैले राज्यले पनि समाज रूपान्तरमा कुन पक्ष कसरी रूपान्तरित हुँदैछ ,मुल्याङकण गरेर विभिन्न किसिमका अभियानहरू सञ्चालन गर्न जरुरी छ । त्यस्तै आम नागरिकहरूले इमोसनलाई सही ठाउँमा सदुपयोग गर्न सक्नुपर्छ । त्यसपछि जीवन मनोरञ्नमा बदलिन्छ सभ्य रुपमा ।
वर्तमान समयमा मानिसहरु आँफूसँग भएका उपलब्धिहरुसँग भन्दा पनि अरुको प्रगतिको डाहमा पर्न थालेपछि ह्युमन मस्तिष्क सन्तुलिन रहन सक्दैन । मानिसले आँफूले पाएको उपलब्धीप्रति सन्तुष्टि र खुशी हुन सके नकरात्मकता आउन सक्दैन्। मानिसले अरुका सकरात्मक पाटोको संभव भएसम्म कुनै पक्षलाई आफ्नो जीवनमा परिचालन गर्न सक्छन् । तर अरुसँग भएको उलब्धी एक्कासी पाउन हरेक उपाए लगाउन खोज्दा मानिस इमोसन कन्ट्रोल गर्न नसक्ने अवस्थामा पुग्छ । त्यसपछि समस्याको भारी बोकेर समुन्द्रमा अस्ताउँछ एक जीवन । जीवनलाई सहज,सरल र आनन्दित बनाउन सँधै आँफ्नो खुशीमा रमाउन सक्नुपर्छ । एकले अर्कालाई बुझ्न सक्नुपर्छ ।