अर्थ

सोमबार १० करोडको ट्रेजरी बिल बिक्री हुने 

काठमाडौँ। नेपाल राष्ट्र बैंकले पछिल्ला दिनमा ट्रेजरी बिल तथा रिपो जारी गर्ने कार्यलाई निरन्तरता दिएको छ । सोही क्रममा केन्द्रीय बैंकले यही पुस २१ गते सोमबार पुनः ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकका अनुसार कूल रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको उक्त ट्रेजरी बिल आगामी चैत २५ गते परिपक्व हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *