
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारीका क्रममा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द भएको छ ।
सचिवस्तरीय निर्णयबाट ११ जेठ देखि १६ जेठसम्मका लागि यो प्रणाली बन्द गरिएको अर्थ मन्त्रालयलले जनाएको छ । सरकारले १५ जेठमा आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट संघीय संसदमा सार्वजनिक गर्नेछ ।