अर्थ

आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण अर्थमन्त्री महतद्वारा संघीय संसदमा पेस

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०७९–७९ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको कार्य प्रगति प्रतिवेदन संघीय संसदमा पेस गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा डा.महतले आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् ।

आइतबार बसेको सङ्घीय संसद्को संयुक्त बैठकमा जारी चालु आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री डा.महतले हाल सञ्चालित कुल ४४ सार्वजनिक संस्थानहरूमध्ये १९ वटा संस्थान घाटामा चलेकाले अधिकांश सार्वजनिक संस्थालाई निजीकरण गर्न आवश्यक रहेको बताए ।

सार्वजनिक संस्थाको वार्षिक कार्य प्रगति, कार्य व्यवस्था, अध्ययन विश्लेषण गरिएकोमा सञ्चालन तथा व्यवस्थापनका कारणले ४४ संस्थानहरूमध्ये २५ वटा मात्र नाफामा भएको उनले बताए । चालू आर्थिक वर्षमा सेयर लगानी वा ऋण लगानी गरी कूल ६ खर्ब १८ अर्ब रुपैयाँ सरकारी लगानी रहेकोमा जम्मा ६ अर्ब १८ करोड अथार्त लगानीको १ प्रतिशत मात्र लाभांश प्राप्त भएको उनको भनाइ छ । समीक्षा अवधिमा २०.३ प्रतिशत सार्वजनिक संस्थानहरूको लाइब्रीटि घटेको अर्थमन्त्री डा.महतले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *