अर्थ

नेपाल रास्ट्र बैङ्कले कर्जा वृद्धि गरेपछि उद्योग व्यावसायीहरुले के दिए प्रतिक्रिया ?

काठमाडौं । नेपाल रास्ट्र बैँकले सोमबार उत्पादन क्षेत्रलाई चलायमान गराउन र बजारको मागलाई पुरा गर्ने उदेश्यले उत्पादन क्षेत्रका लागि कर्जावृद्धि गरेको छ । नेपाल रास्ट्र बैङ्कले उद्योग क्षेत्रको कर्जा बढाएपछि उत्पादन क्षेत्रमा केही राहत पुगेको उद्योग व्यावसायीहरु बताउँछन् । सम्बन्धित निकायले यसरी उत्पादन क्षेत्रको आवश्यकता पूर्ति गर्नका लागि बजारको मागलाई ध्यानमा राखेर कर्जा वृद्धि गर्ने कार्यले उद्योग क्षेत्रको समस्या समाधान हुने र बजारमा माग बढ्ने विश्वास लिएको सरकारी अधिकारीहरुको भनाइ छ ।

राष्ट्र बैंकले मापदण्ड संसोधन गरेर नयाँ नियम लागू गरेको छ । विगतमा उत्पादनमूलक उद्योगमा जाने तीन करोडसम्मको कर्जामा चालु पुँजी कर्जा मागर्दशन लागू नहुने, चालु पुँजी कर्जाको खाता वर्षमा एकपटक शून्य राख्नुपर्ने जस्ता समस्या रहेकोमा अव त्यस्ता समस्याको अन्त्य भएको छ ।

सच्याएको प्रावधानमा १० प्रतिशतसमेत राख्न सकिने, गतिशील किसिम चालु पुँजी कर्जा, कारोबार रकमको आधारमा ४० प्रतिशतसम्म पाउने र स्थायी प्रकृतिको स्थायी रुपमा कर्जा ५० प्रतिशतसम्म लिन पाइने व्यवस्था गरिएकाले बजारलाई सहज र चलायमान बनाउन राहत पुग्ने विश्वास लिएको छ । चालु पुँजी कर्जा मार्गदशर्नको संशोधित व्यवस्थाले बजार सहज बनाउन सहयोग पुग्ने नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालल बताए ।

उद्योग व्यावसायीका मागहरु धेरै भएपनि एकै पटक साधान गर्न नसकिएको तर अहिले गरेको संसोधनले बजारको व्यावस्थालाई सुधार्ने विश्वास लिएको उनको भनाइ छ । अहिले उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा राखेर गतिशील कर्जा बढाउनु पर्ने र वर्षमा एकपटक चालु पुँजी कर्जाको खाता शून्य बनाउनु पर्नेमा १० प्रतिशतसम्मको सुविधा प्रदान गरिएको उनले बताए ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले बजारको मागलाई सरकारले पूर्ण रुपमा माग पुरा गर्न नसकेपनि उद्योग र कर्जा व्यावस्थापनलाई राहत पुगेको बताए । उनका अनुसा विगतको तुलनामा उद्योग व्यावसायीहरुलाई केही राहत पुगेको छ । जसका कारण नेपाली बजार तुलनात्मक रुपमा चलायमान हुनसक्छ । केही समयअघिदेखी नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्सले संयुक्त रूपमा चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गर्न आग्रह गर्दै आएका थिए ।

विगतमा लगातार क्रमश वर्षमा एक पटक खाता शुन्य बनाउनुपर्ने बाध्यता रहेकोमा अब उक्त बाध्यताको अन्त्य भएर तेस्रो वर्षपछि हरेक वर्ष १० प्रतिशतसम्म कर्जा जम्मा गरेर नविकरण गर्न सकिने नयाँ सुविधा बैंकले प्रदान गरेको छ । यसले गर्दा बजार व्यावस्थापनका निकै राहत पुग्ने उनको भनाइ छ ।
नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रमेश शर्माले चालु पुँजी कर्जाको कारण निर्माण क्षेत्रमा देखिएको समस्या सम्बोधन हुने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *