अर्थ

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । दशैंमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *