अर्थ

९६ प्रतिशत किसान बीमा बिहीन

काठमाडौं । किसानहरुले कृषि बीमा ४ प्रशितलेमात्र गरेका छन् । ९६ प्रतिशत किसानहरुले कृषि बीमा गरेका छैनन् ।

सातौं राष्ट्रिय कृषि गणनाको सार्वजनिक गरेको तथ्याङक अनुसार कृषिजन्य वस्तुको बीमामा ९६ प्रतिशत किसानहरु पहुँच बाहिर रहेको पाइएको छ ।

गत महिना सार्वजनिक २०७८ को सातौं गणनाको नतिजाअनुसार देशभरका एक लाख ८२ हजार ४ सय किसान मात्रै हालसम्म बीमाको पहुँचमा छन् । जुन कुल कृषक परिवार संख्याको ४ प्रतिशत मात्रै हो । अर्थात ३९ लाख ४८ हजार ३ सय किसान परिवार अझै बीमाको पहुँचबाट बाहिर छन् ।

तथ्याङ्कअनुसार बीमाको पहुँचमा रहेका मध्ये पनि ८४ प्रतिशत किसानहरुले पशुपन्छीका लागि मात्रै बीमा गरेको बताएका छन् । खाद्यन्न बालीका लागि १४ हजार, तरकारी बालका लागि ५ हजार ८ सय, फलफूल बालीका लागि ५ हजार २ सय र पन्छी पालनका लागि ९ हजार ६ सय किसानले बीमा गरेका छन् । यस्तै,पशुपालनका लागि एक लाख ५४ हजार किसानले बीमा गराएका छन् भने माछा पालन गर्ने ४ हजार ३ सय किसान मात्रै बीमाको पहुँचमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *