काठमाडौं । नेपालले टी–२० विश्वकपको एशिया क्षेत्रको छनौटमा विजयी शुरुवात गरेको छ । आजदेखि शुरु भएको छनौट खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछाएको नेपालले १६.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
नेपालले टी–२० विश्वकपको एशिया क्षेत्रको छनौटमा विजयी शुरुवात गरेसँगै अब अर्ना बियरले ६ लाख ६७ हजार तिर्नुपर्ने भएको छ । आइतबार अर्ना वियर कम्पनीले टी –२० क्रिकेट क्वालीफायरमा नेपाली टीमलाई हौसला प्रदान गर्दै खेलको अंकअनुसारका धन राशी प्रदान गर्ने घोषणा गरेको थियो । यसअघि पनि अर्ना बियअरले भदौमा भएको एसियमा कप क्रिकेटमा चौका, छक्का र विकेट प्राप्त गर्ने खेलाडीलाई पुरस्कारको घोषणा गरेको थियो ।
आजको खेलमा कुशल भुर्तेलले १ लाख ९४ हजार ,आसिफ सेख, ६७ हजार,कुशल मल्लले २६ हजार,गुल्शन झाले , ६० हजार, रोहित पौडेल ९५ हजार, करण केशी,५९ हजार,सोमपाल कामी,१३ हजार,सन्दिप लामिछाने ६० हजार,अविनाश बोहोरा ९३ हजार कमाएका छन् ।
अर्ना बिअर कम्पनीले टी–२० क्रिकेट क्वालीफाएरमा नेपाली टिमलाई प्रत्येक रन बापत एक हजार र प्रत्येक चौकामा १० हजार, र प्रत्येक छक्कामा २० हजार प्रदान गर्ने घोषणा गरेको थियो । यस्तै प्रत्येक डट बलमा एक हजार, मिडन ओभरमा १० हजार, र प्रत्येक वीकेट प्राप्त गर्नेलाई २५ हजार प्रदान गर्ने घोषणा गरेको थियो ।