अर्थ

लुम्बिनी उर्जाको आईपीओ बिक्री खुला

काठमाडाैं । भिजन लुम्बिनी उर्जा कम्पनीले आज कात्तिक १६ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेकाे हाे ।

कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका १९ लाख १२ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ९१ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ।

कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ९५ हजार ६२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३८ हजार २५० कित्ता कर्मचारीलाई छुट्याइएको छ। बाँकी रहेको १५ लाख ८७ हजार ३७५ कित्तामा स्थानीयलाई बिक्री हुन बाँकी ४ लाख ८७ हजार ९१० कित्ता जोडेर २० लाख ७५ हजार २८५ कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतममा १० कित्ता र अधिकतममा ३ लाख ८० हजार कित्ताका लागि छिटोमा कात्तिक २० गते र ढिलोमा मंसिर १ गतेसम्म खरिद आवेदन दिन पाउनेछन्। कम्पनीकाे आईपीओको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट