काठमाडौं । केहि महिना अघि मात्र आईपीओ निष्कासन गरेको माण्डू हाईड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको गत कात्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/ ८० को मुनाफाबाट चुक्तापूँजीको करप्रयोजसहित १० प्रतिशत अर्थात् १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
यसैगरी, कम्पनीले मंसिर ८ गते १२ औं वार्षिक साधारणसभा पनि बोलाएको छ । सभा काठमाडौंको ठमेलमा बिहान ११ बजे बस्नेछ । सभाले गत आवको आयव्यय विवरण, वार्षिक प्रतिवेदन तथा वासलात,लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने छ। यसैगरी सभाले सर्वसाधारण समूहबाट एक जना सञ्चालकको निर्वाचन तथा संस्थापकतर्फ सञ्चालक नियुक्ति अनुमोदन गर्ने छ।