अर्थ

चीन सरकारले उपलब्ध गराएको राहत सामग्री चिनियाँ राजदूत सोङद्धारा गृहमन्त्री श्रेष्ठलाई हस्तान्तरण

काठमाडौं । भूकम्प प्रभावितहरुका लागि चीन सरकारले उपलब्ध गराएको राहत सामग्री चिनियाँ राजदूत छन सोङले उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । यी सामग्री चीन सरकारले दुईवटा चिनियाँ जहाजमार्फत् ढुवानी गरेको हो । करिब २८ करोड रुपैयाँ (डेढ करोड युआन) बराबरको सामग्रीमा त्रिपाल तथा व्ल्यांकटलगायतका सामग्री छन् ।

हस्तान्तरण कार्यक्रममा धारणा राख्दै उपप्रधानमन्त्री श्रेष्ठले आपतकालीन अवस्थामा सहयोग गरेकोमा चीन सरकारलाई धन्यवाद दिए । यी सामाग्री आजै प्रभावित क्षेत्रमा पठाईने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *