अर्थ

एक हजार रुपैयाँले घट्याे सुनको भाउ, तोलाको कति?

काठमाडौं । आइतबार एकैदिन सुनको मुल्य एक हजार रूपैयाँले घटेको छ ।

आज बजारमा छापावाल सुन प्रतितोला एक लाख १३ हजार सत सय रूपैयाँ कायम भएको छ । शुक्रबार एक लाख १४ हजार १५० रूपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज एक लाख १३ हजार १५० रूपैयाँमा निर्धारण गरिएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार २० रूपैयाँले घटेको चाँदी प्रतितोला एक हजार ३८० रूपैयाँमा कारोबार भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *