अर्थ

ग्लोबल आईएमई बैंकले बोलायो साधारणसभा

काठमाडौं । ग्लोबल आईएमई बैंकले मंसिर २८ गतेका लागि सााधारणसभा बोलाएको छ । गत आर्थिक वर्षको नाफाबाट वितरण हुने लाभांश तथा वित्तीय विवरण पारित गर्न बैंकले साधारणसभा बोलाएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने साधारणसभाले घोषित चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश तथा १ प्रतिशत बोनस सेयर पारित गर्नेछ । सो लाभांश पारित भएपछि मात्रै सेयर लगानीकर्ताले पाउने छन् । साधारणसभामा संस्थापक समूहबाट तीन र सर्वसाधारण सेयरधनी समूहबाट तीन गरी ६ जना सञ्चालकहरु चयन गर्न निर्वाचन समेत हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *