अर्थ

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलाको एक लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुन तोलाको एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुन तोलाको एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलाको एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *