अर्थ

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.८३ अकंले घटेर १८२९.३५ बिन्दुमा बन्द भएको छ । मंगलबार २८५ कम्पनीको ३६ लाख ७५ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ९५ करोड ४ लाख ७९ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार बैंकिङ समूहको ०.५३ प्रतिशत, विकास बैंक समूहको ०.८८ प्रतिशत, फाइनान्स समूहको १.५७ प्रतिशत, हाइड्रोपावर समूहको १.३९ प्रतिशतसहित १२ समूहको सेयर मूल्य घटेको हो । आज मेन्छियम हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ८.१३ प्रतिशतले बढेर प्रतिकित्ता २३१.४० रुपैयाँ पुगेको छ । आज माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । हिमालयन डिस्ट्रिलरी लिमिटेडको यस दिन सर्वाधिक काराेबार भएकाे छ ।

आज सेयर बजारमा गिरावट आउँदा सबैभन्दा बढी हिमालयन डिस्टीलरीको कारोबार भएको छ । आज कम्पनीको ७ करोड ७८ लाख २९ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, सोनापुर मिनरल्सको ४ करोड ३९ लाख २५ हजार रुपैयाँ, शिवम् सिमेन्टको ३ करोड ७० लाख ५८ हजार रुपैयाँ, सोल्टी होटलकाे २ करोड ८८ लाख २७ हजार रुपैयाँ र हाथवे इन्भेष्टमेन्टको २ करोड ६८ लाख ८१ हजार रुपैयाँको कारोबार भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *