अर्थ

सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ।नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको ३०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै शुक्रबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलाको १५ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *