अर्थ

सेयर बजारमा झिनो अंकको सुधार, १ अर्ब १४ करोडको कारोबार

काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । आज नेप्से ३.३३ अंकले बढेर एक हजार ८ सय ४१ दशमलब ४ विन्दुमा बन्द भएको छ । सेयर बजारमा सुधार आएपनि आज कारोबार रकम भने घटेको छ । आज एक अर्ब १४ करोड १८ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक बढेको छ । आज कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८५८ रुपैयाँ पुगेको छ । त्यस्तै, विजय लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा ८.७ प्रतिशतले बढेर प्रतिकित्ता ६१६ रुपैयाँ पुगेको छ ।

बुधबार सिंगटी हाइड्रो इनर्जि लिमिटेड लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस दिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ ।

आज सेयर बजारमा सुधार आउँदा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ७ करोड ३३ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ३० लाख १२ हजार हजार रुपैयाँ, माउन्टेन इनर्जी नेपालको ६ करोड १८ लाख २२ हजार रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको ५ करोड ७७ लाख ५४ हजार रुपैयाँ र आइएमई लाइफ इन्स्योरेन्सको ५ करोड २५ लाख ७१ हजार रुपैयाँको कारोबार भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *