अर्थ

एनआईसी एशिया बैंकको प्रष्टोक्तिः कुनै पनि शाखा कार्यालय बन्द गर्ने रणनीति र योजना छैन

काठमाडौं । एनआईसी एशिया बैंकले कुनै पनि शाखा कार्यालयहरु बन्द गर्ने रणनीति तथा योजना नरहेको बताएको छ । एनआईसी एशियाका ५० वटा शाखाहरु बन्द गर्न नेपाल राष्ट्र बैंकसमक्ष निवेदन दिएको भन्दै विभिन्न मिडियाहरुमा समाचार आएपछि बैकले यसबारे प्रष्ट पारेको हो । एनआईसी एशियाका सूचना अधिकारी सुधीरनाथ पाण्डेले अहिले बैंकका विरुद्धमा आइरहेका समाचारमा कुनै सत्यता नरहेको बताए ।

एनआईसी एशियाले हाल देशभर ३ सय ६० शाखा कार्यालय, ६ सय ७० एटिएम, १ सय १५ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित बैंकिङ सञ्जालद्वारा ४१ लाख भन्दा बढी ग्राहकमा बैंकिङ सेवा प्रदान गरिरहे बताइएको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत बैंकले आफ्ना शाखा विस्तार गरेको छ । देशको कूल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनसंख्यालाई सेवा प्रदान गरिरहेको बैंकको दाबी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *