अर्थ

ओरालो झर्दै शेयर बजार, खुम्चियो कारोबार

काठमाडौं । शेयर बजार निरन्तर ओरालो झरेसँगै कारोबार रकम समेत खुम्चिदै गएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६.४६ अंकले तल झरेको हो । ०.३१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०२६.५९ अंकमा ओर्लिएको छ ।

आज ३१३ कम्पनीका ६३ लाख ४१ हजार १ सय ७४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २४ करोड १९ लाख ६१ ह्जार ७ सय ९९.३७ रुपियाँ बराबरको कारोबार भएको छ ।

समग्रमा बजार घटे पनि विभिन्न ४ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । बोटलर्स नेपाल बालाजु, हिमालय उर्जा, समाज लघुवित्त, बोटलर्स नेपाल तराई र आत्मनिर्भर लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, १०, १०, ९.९९ र ८.५० प्रतिशतले नाफा कमाएका छन् ।

त्यस्तै पिपुल्स पावरका लगानीकर्ताहरुले सबैभन्दा धेरै ७.८४ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ११ करोड १२ लाख २८ हजार ५ सय ६९.५० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । उक्त कम्पनीको शेयर मूल्य घटेर प्रतिकित्ता रु. ६३३.२० रुपियाँमा झरेको छ ।

साताको पहिलो दिन आइतबार २७.२१ अंकले बजार घट्दा ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १ सय ९६.१७ रुपियाँ र हिजो मंगलबार १.७६ अंकले बजार घट्दा ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९ सय ७८.४३ रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार भने प्रजातन्त्र दिवसको सार्वजनिक बिदाका कारण बजार बन्द रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *