काठमाडौं । नेपाल राष्ट्र बैङकले एनआईशी एशिया बैंकको वर्तमान अवस्था सकरात्मक भएको जनाएको छ । मंगलबार नेपाल राष्ट्र बैङकले एक प्रेस विज्ञप्ती जारी गर्दै एनआईशी एशिया बैङकका बारेमा बजारमा चलेको हल्लाका बारेमा कुनै सत्यता नभएको जनाएको छ । बजारमा चलेका हल्लाको पछि नलाक्न सबैलाई नेपाल राष्ट्र बैङ्कले आग्रह गरेको छ ।
केही व्यक्तिरसमूहले दिएको भ्रामक अभिव्यक्ति र गलत प्रचारबारे बैंकले आपत्ति जनाएको राष्ट्र बैंकले बताएको छ ।बजारमा चलेका हल्लामा कुनै पनि सत्यता हुँदैन । सत्यता पत्ता लगाउन बैङकको तथ्याङ्कलाई हेर्नुपर्ने राष्ट्र बैङकले जनाएको छ ।
‘ बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा यस बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा रनिरीक्षणरसुपरिवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको हुन्छ’, राष्ट्र बैंलले जारी गरेकोबिज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपाल राष्ट्र बैङकले बैंकिङ जस्तो सम्वेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न आग्रह गरेको छ ।