अर्थ

इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा काठमाडौंका दुई स्थानमा विस्तार

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले काठमाडौंमा दुई वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका– १५ मा स्वयम्भू र काठमाडौं महानगरपालिका–१६ मा बालाजु शाखा सञ्चालनमा ल्याएकोे हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले बिहीबार नयाँ शाखाको उद्घाटन गरेका थिए ।

कार्यक्रममा सीईओ पाण्डेले नयाँ शाखाबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने बताए । बैंकले गत महिना काठमाडौंको अनामनगर र शंखमुल तथा ललितपुरको सातदोबाटो र भैंसेपाटीमा पनि शाखा सञ्चालनमा ल्याएकोे थियो ।

बैंकले हाल देशभरिमा २६८ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखारहित बैंकिङ र २६२ वटा एटीएममार्पmत सेवा उपलब्ध गराउँदै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *