अर्थ

सर्वोत्तम सिमेन्टको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । सर्वोत्तम सिमेन्टको सार्वजनिक प्राथमिक शेयर निष्कासन (आईपीओ) मा आजदेखि आवदेन दिन सकिने भएको छ ।

कम्पनीले पहिलोपटक बुक बिल्डिङमार्फत आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता ३६०.९० रुपियाँका दरले २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गरेको हो ।

यसमा सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा फागुन १६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने फागुन २७ गतेसम्म खुला रहनेछ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई शेयर बाँडफाँट गरी बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट