अर्थ

सन नेपाल लाइफद्वारा लाभांश घोषणा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले लाभांश दिने भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

गत शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण तथा हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको २३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ४ करोड ८४ हजार २११ रुपियाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
त्यस्तै कम्पनीले बोनस शेयर वितरणपश्चात कायम हुन आउने चुक्ता पुँजीको २७ प्रतिशतका दरले हकप्रद शेयरसमेत जारी गर्नेछ ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लाभांश वितरण र हकप्रद शेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट