अर्थ

आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेश,अर्थतन्त्र सुधार गर्ने किसिमको बजेट आउने

काठमाडौं। आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रतिनिधि सभामा पेश भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी बजेटका सिद्धान्त र प्राथमिकता’ प्रस्तुत गरेका हुन् । आज बसेको बैठकमा अर्थमन्त्री डा.महतले बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका हुन् ।

सरकारले बजेटमाथि पर्याप्त छलफल गर्नको लागि तीन महिनाअघि नै छलफल थाल्नेगरी आज संसद्‍मा पेस गरेको हो । बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उनले मुलुको अर्थतन्त्र लयमा फर्किँदै गरेको भएपनि चुतौतीपूर्ण अझै रहेको बताए ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको सिद्धान्त तथा प्राथमिकता प्रतिनीधि सभामा पेश गर्दै बाह्य र आन्त्रिक अर्थतन्त्रको सूचकलाई एकैचोटी सुधार देखिने गरी आगामी बजेट ल्याइने बताए ।

सार्वजनिक खर्चको प्रभावकारिता बृद्धि गर्न बजेट उन्मुख हुने, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन र उर्जा कृषि, पर्यटन र सुचना प्रविधिका लागि आवश्यक सार्वजनिक स्रोत निर्माण गर्नेगरी आगामी बजेट ल्याइने ,यसैगरी निजी लगानी संकुचित नहुने गरी सार्वजनिक ऋण परिचालन गर्ने प्राथमिकता बजेटमा हुने अर्थमन्त्री महतले बताए । सार्वजनिक खर्चलाई प्राथमिकीकरण गरेर पुर्व तयारी भएका आयोजनालाई आगामी बजेटमा अगाडी बढाउने उनकाे भनाइ थियाे ।

जलविद्युतमा आन्तरिक र बाह्य लगानी प्रवद्र्धन गर्ने,जलविद्युतको निर्माण निर्धारित समयमा सम्पन्न गर्ने,विद्युत सेवोको पहुँच नपुगेको ठाउँमा सौर्य उर्जा र नवीकरणीण् यर्जा पुर्याइने, कृषि उपजमा आत्मनिर्भर हासिल गर्न कृषि उपजको भण्डारमा जोड दिने, आन्तरिक उत्पादनलाई प्रतिस्पर्धी बनाउँन अनुदान दिइने ,सहुलियतपुर्ण कर्जा सिचांइ सुविधा, मलको सुनिश्चितता गरी उत्पादन बढाइने, पुर्वाधार विकास गरी नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने लगायत बजेटको प्रथमिकता हुने पेश भएको बजेटको सिद्धान्त तथा प्राथमिकतामा उल्लेख गरिएको छ ।

निजगढ विमानस्थलको निर्माण कार्यका लागि आवश्यक काम गर्ने गरी तयारी गरिने ,३ महिना अगावै विनियोजन बिधेयकको सिद्धान्त तथा प्राथमिकता पेश गर्नुपर्ने व्यवस्था अनुरुप सरकारका तर्फबाट अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेटको सिद्धान्त तथा प्राथमिकता पेश गरेका हुन् । सरकारले आगामी आवको बजेट कयालेण्डर संसोधन गर्दै ३ महिना अगावै बजेटको प्राथमिकता तथा सिद्धान्त पेश गर्ने व्यवस्था गरेको हो । यसले संसदमा पर्याप्त छलफल गर्ने बाटो खुलेको छ । अर्थमन्त्री महतले गत वर्ष ढिलो बजेटको विषय संसदमा पेश भएकाले सबै विषयमा छलफल गर्न नसकिएको बताउँदै यस वर्ष छलफल गर्ने समय प्रयाप्त उपल्ब गराउन समयमा बजेटको खाका संसदमा पेश गरेको बताए ।

यस्तै रुकुम र जाजरकोट आएको भूकम्प पश्चात खास गरेर अस्थायी आवास तथा पुर्ननिमार्णमा ठूलो स्रोतको आवश्यकता रहेको समेत अर्थमन्त्री महतले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *