अर्थ

शेयर बजारमा सामान्य गिरावट

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजारमा सामान्य गिरावट देखिएको छ । आज शेयर बजार नेप्से परिसूचक १ दशलमव ९३ अंकले घटेर २,०७७ को विन्दुमा कायम भएको छ । आज १०१ कम्पनीको शेयर मूल्य बढेको छ भने १३५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२२ कम्पनीको ८८ लाख १३ हजार ३७४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३८ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको १८ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोपावरको १४ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको १४ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपाल रमिड सोलु हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बुद्ध भुमी नेपालका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । माण्डु हाइड्रोका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै माइ खोला हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

आज उच्च कारोबार भएका १० कम्पनी

एनआरएन इन्फ्रास्ट्रक्चरः १८ करोड ६८ लाख रुपैयाँ
सीईडीबी हाइड्रोपावरः १४ करोड ४५ लाख रुपैयाँ
पोखरा फाइनान्सः १४ करोड १३ लाख रुपैयाँ
हिमालयन लघुवित्तः १० करोड २६ लाख रुपैयाँ
सुपर मादी हाइड्रोपावरः ८ करोड ९६ लाख रुपैयाँ
स्वावलम्बन लघुवित्तः ७ करोड ८७ लाख रुपैयाँ
हाथवे इन्भेस्टमेन्टः ७ करोड ७८ लाख रुपैयाँ
माण्डु हाइड्रोपावरः ७ करोड ३४ लाख रुपैयाँ
शिवम सिमेन्टः ६ करोड ९३ लाख रुपैयाँ
स्वरोजगार लघुवित्तः ६ करोड ८९ लाख रुपैयाँ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *